धनकुटा-भोजपुर जोड्ने पुल बन्दै
लेगुवाघाट (भोजपुर), आश्विन ५ - सदरमुकाम भोजपुर मोटर बाटोले एक वर्षभित्रै जोडिने भएको छ । धनकुटा र भोजपुरको सीमामा पर्ने अरुण नदीमा डीएफआईडी/यूके एडको सहयोगमा पुल निर्माण सुरु भएको छ । पुल बनेपछि भोजपुर र खोटाङका बासिन्दाले वर्षैभरि यातायात सुविधा पाउने छन् । डीएफआईडीको सहयोगमा सञ्चालित ग्रामीण पहुँच कार्यक्रम -र्याप) ले बनाउन थालेको पुल आगामी वर्षको जुलाईसम्ममा सक्ने लक्ष्य लिइएको आवासीय इन्जिनियर महेन्द्र श्रेष्ठलेजानकारी दिए । अरुणमा पुल नहुँदा धनकुटाको पाखि्रबास हुँदै लेगुवाघाट पुगेका भोजपुरका बासिन्दा झोलुंगे पुल तरेर गन्तव्यमा लाग्छन् । तराईबाट लगिने खाद्यान्नलगायतका सामग्री भरियालाई बोकाएर लैजानुपर्दा निकै महँगो परेको जरायोटार ९ की शिक्षिका रत्ना थापाले बताइन् । झोलुंगे पुल हुँदै सामान भरियालाई गन्तव्यमा पुर्याउँदा प्रतिकिलो दुई रुपैयाँभन्दा बढी मूल्य बढ्छ । पुल बनेपछि सामान निकै सस्तिने अपेक्षा गरेका छौं, उनले भनिन्, 'भोजपुर र खोटाङको आर्थिक गतिविधिसमेत निकै बढ्ने निश्चित छ ।'
लेगुवाघाटमा सडक विभागले हिउँदमा यात्रु र सवारी साधन तार्न फेरीको व्यवस्था गरेको छ । वषर्ाले अरुण नदीमा पानीको बहाव बढेकाले यतिबेला भने यसको सञ्चालन बन्द गरिएको छ । विभागले दसैंका बेला नदीमा पानी घटेपछि फेरी सुचारु गर्ने स्थानीय बासिन्दाले बताए । पुल नहुँदा धनकुटातिरबाट आउने सवारी साधन अरुण किनारबाटै र्फकने गरेका छन् । यात्रु झोलुंगे पुल तरेर पारि पुगेपछि ट्याक्टर, ट्रक र जिपमा गन्तव्यतिर लाग्ने गरेका छन् । अरुणको झोलुंगे पुल तरेर दैनिक ४ सय ओहोरदोहोर गर्ने इन्जिनियर श्रेष्ठले बताए । लेगुवाघाटबाट धनकुटा २६ किलोमिटर यात्रापछि पुगिन्छ । यस खण्डको पाखि्रबासभन्दा केही तलसम्म सडक पिच छ । लेगुवाघाटबाट- भोजपुर-खोटाङ जोड्ने सडकसमेत र्यापकै पहिलो चरणको परियोजनाले बनाइसकेको छ । र्यापले अरुणसँगै संखुवासभाको सभाखोलामा पनि पुल बनाउँदै छ । समान लम्बाइ र डिजाइनका ती पुल मुलुककै नमुना भएको र्यापको दाबी छ । बीचमा पिल्लर नभएका -सिंगल स्पान) ती पुल १ सय २० मिटर लम्बाइका छन् । पुल बनाउन आवश्यक बिमलगायत स्टिल फेबि्रकेसनका सामग्री बेलायतबाटै ल्याइएको छ । पुललाई वातावरणमैत्री बनाउन नदीमा पिल्लर नराखिएको र्यापका एक इन्जिनियरले बताए । दुवै पुलको लागत करिब ५० लाख पाउन्ड अनुमान गरिएको छ । र्यापले पुल डिजाइन एन्ड विल्ड -आफैं डिजाइन गरेर बनाउने) अवधारणाअनुसार ठेकेदारलाई जिम्मा दिएको हो । पुल ठेक्काको काम सीटीसी कालिका ज्वाइन्टभेन्चरले लिएको छ । ठेकेदार कम्पनीका परियोजना प्रबन्धक उज्ज्वल प्रसाईंले साइटसम्म पुग्ने बाटो राम्रो नभएको र डिजाइनभन्दा माटोको अवस्था फरक भएकाले पुल लक्षित समयभन्दा निर्माणमा केही ढिलाइ भएको बताए । अर्को वषर्ातसम्ममा भोजपुर क्षेत्रका बासिन्दाले अरुण नदी तर्न समस्या भोग्नुपर्ने छैन, उनले भने, 'लक्षित समयमै निर्माण सक्ने गरी काम अगाडि बढाएका छ
जहाज बन्दले मुगुबासीलाई सास्ती
आश्विन ९ - जिल्लाको एकमात्र यातायातको साधन हवाइसेवा सुचारु नहुँदा मुगु बासीलाई आवत-जावतमा सास्ती भएको छ ।
धावन मार्गको अगाडिको भाग समथर बनाउने भन्दै गत जेठ महिनादेखि ताल्चा विमानस्थमा हवाई जहाज अवतरणमा रोक लगाइएको छ । चार महिना बितिसक्दा पनि अझै सुचारु नहुँदा सुर्खेत नेपालगञ्ज आवत-जावत गर्न पीडा खेप्नु परेको छ ।
जिल्लामा हवाई एयर्पोट हुँदा पनि जहाज चढ्न नपाएर पैतला खियाउनु परेको ताल्चा गाउँका कर्णबहादुर भामले भने, 'दसै तिहार आउन थालिसक्यो कहिले जहाज चल्ने हो अझै कुनै अत्तोपत्तो छैन ।
हवाई सेवा सुचारु नहुँदा कृषकले फलाएको स्याउँ समेत बिक्री गर्न पाएका छैनन् । स्थानीयबासीले एयर्पोट वरपर खोलेका एक दर्जन होटल पनि बन्द भएका छन् ।
सुर्खेत-नेपालगञ्ज तर्फ जान र आउँन यहाँका कर्मचारीदेखि स्थानीयबासीले जुम्ला खलंगा र बाजुरा जिल्लाको कोल्टी बिमान स्थल धाउनु परेको छ ।
विस २०३२ सालमा शिलन्यास भई करिब २०३८ सालदेखि निर्माण कार्य सुरु भएको ताल्चा विमानस्थल करिब ३५ वर्ष बितिसक्दा पनि काम सम्पन्न हुन नसक्दा मुगु वासीले भनेको समयमा जहाज चढ्न पाएका छैनन् ।
हवाई सेवा बन्दले सबैभन्दा मर्का बिरामीलाई परेको छ । जिल्लाबाट रिफर भएका बिरामीको ज्यान बचाउन ऋण गरेर महँगोमा हेलिकोप्टर चार्टर गर्न बाध्य भएका छन् ।
हवाई उडड्यन प्राधिकरणबाट एयर्पोटको बारेमा अध्यायन गर्ने टोली आएर रिपोट हवाई नागरिक उडड्यन कार्यालयलाई पेश गरे मात्र जहाज सुचारु हुन सक्ने बिमान स्थल सुचार आयोजनाका फिल्डसुपर भाइजर राजु गडतौलाले बताए ।
No comments:
Post a Comment